२ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि,४१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर ४ हजार १८७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोराना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस