• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं। इंग्ल्यान्डले १६ औं युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ ।

 

लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो। वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

 

खेलको ५७ औं मिनेटमा इंग्ल्यान्डका लागि स्ट्रर्लिङले निर्णायक गोल गरे। उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन्। स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो। उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

 

पहिलो छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो। क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो। तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले जीत हासिल गर्न सकेन ।

 

यस जितसँगै समूह 'डी' को इंग्ल्यान्डले ३ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। क्रोएसिया भने पुछारमा रहेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार