• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

उपत्यकाको निषेधाज्ञा असार ७ सम्म लम्ब्याइयो,खाद्यान्न र डिपार्टमेन्ट स्टोर ११ बजेसम्म खोल्न पाइने (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । 

 

प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छन् । खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने–‘पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइन्छ ।’

 

वैशाख १६ गतेदेखि सुरू भएको निषेधाज्ञामा किराना पसल, खाद्यान्न, फलफूल, तरकारी, मासु पसल लगायत अत्यावश्यक सेवाका पसलहरू बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। अब बिहान ११ बजेसम्म खोल्न दिइनेछ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

 

आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन्। अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । 

 

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ। मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ।

 

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार