• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

नमिताको शब्दमा 'म मजदुर मायाको' सार्वजनिक

काठमाडौं । युवा गायक केशव भावुकले  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  


 
यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन् । गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।  

 

प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन्। कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् ।  

 

मिराज अर्यालको  छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल 'नमिता दवाडी' मार्फत सार्वजनिक गरिएको हो।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार