• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

अभियानमा सहयोग गर्नेहरु थपिदै

काठमाडौं । निःशुल्क खाना बितरण अभियान दशौं दिनमा आइपुग्दा सहयोगी हाँतहरुको संख्या पनि बढ्दो क्रममा छ  ।

 

 उपत्यकामा रहेका युवा, बिद्यार्थीहरुको समूहबाट संचालित कोरोना र लकडाउनद्वारा जिविकोपार्जन गर्न अफठ्यारो परेका अति बिपन्न परिवारलाई खाना बितरण गर्दै आएको यो अभियानलाई साथ दिने मनकारीहरुको संख्या थपिएको छ ।

 

 नेपाली काङ्ग्रेसका नेता एबम ब्यबसायी हरि गीरीले १० हजार आर्थिक सहयोग गरेका छन ।  यस्तै  अध्ययन र रोजगारका लागि प्रवासमा रहेका पुरुषोत्तम नेपालले धर्मपत्नी मिना अधिकारी मार्फत अभियानलाई १० हजार रुपैया सहयोग गरेका छन ।

 

जय गीरी, कृष्ण गिरिलगाएत युवाहरुले पनि वीपी युथ सर्कललाई आर्थिक सहयोग गरेको बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार