• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते दिउँसो २ बजे बस्ने भएको छ । 

 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन ।

 

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

 

कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार