• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

गणेशमान सिंह फाउन्डेसनद्वारा बीपी स्टडी युथ सर्कलको अभियानलाई खाद्यन सहयोग

काठमाडौं । निःशुल्क खाना बितरण अभियानमा गणेशमान सिंह फाउन्डेसनले पनि सहकार्य गरेको छ । 

 

उपत्यकामा रहेका युवा, बिद्यार्थीहरुको समूहबाट संचालित कोरोना र लकडाउनद्वारा जिविकोपार्जन गर्न अफठ्यारो परेका अति बिपन्न परिवारलाई खाना बितरण गर्दै आएको यो अभियानलाई फाउन्डेशनले खाद्यन तथा स्यानीटाइजर उपलब्ध गराएको हो ।


'बीपी स्टडी युथ सर्कल' ले बिगत ९ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई नि:शुल्क खाना खुवाउँदै आइरहेको छ । 

 

मजदुरको काम रोकिएपछि हातमुख जोर्न ठूलै युद्धको सामना गर्नपर्ने परिस्थीति श्रृजना भएसंगै युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार