• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

शिक्षाको गुणस्तर सुधार्न विश्व बैंकको ७ अर्ब सहयोग

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार्नका लागि ७ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।

 


बैंकको बोर्डले उच्च शिक्षाको सुधारका लागि नेपाललाई दिइने सो सहायता अनुमोदन गरेको हो । विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कोरोना भाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई जोड दिएको छ,’ विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हडाडले भने, ‘उच्च शिक्षाको गुणस्तर सुधारले कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनरुत्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि योगदान दिनेछ ।’

 


उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पु¥याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाइएको छ  । कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार