• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

युरोकप फुटबल : आज तीन खेल हुँदै

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) तीन खेलहरु हुँदैछन ।

 

आज समूह 'सी' को दुई खेल र समूह 'डी' को एक खेल हुनेछ । आज हुने पहिलो खेल समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने  खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

 

यस्तै दोस्रो खेल अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह 'सी' मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

 

आजको अन्तिम खेल नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार