• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

फेरि सर्‍यो कांग्रेसको १४ औं महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । 

 

यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय भए पनि हिजो शनिवार बसेको पदाधिकारीको बैठकले नौ दिन पर सार्दै १६ देखि १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

यो निर्णयलाई अब केन्द्रीय समितिको बैठकले पारित गर्नुपर्नेछ । यसअघिका तालिका परिमार्जन गर्दै क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तालिका रहेको छ ।

 

यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ।

 

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ। संशोधित तालिका अनुसार प्रदेशअधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ। महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै कांग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार