• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

मुख्यमन्त्री पोखरेलसहित ५ मन्त्रीले लिए शपथ 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । 

 

हिजो (शनिबार) राति प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

 

शपथ लिनेहरुमा मुख्यमन्त्री पोखरेल, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

 

मन्त्री बनेकाहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार