• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
खेलकुद

युरोकप : इटालीको विजयी सुरुवात

काठमाडौं । युरोपेली च्याम्पियनसिपको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । 

 

रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । पहिलो हाफमा इटालीले केही सुनौला अवसर खेर फालेको थियो । टर्कीले भने डिफेन्समा प्राथमिकता दिएको देखिन्थ्यो ।

 

इटालीलाई जित दिलाउन सिरो इमोबोले र लोरेन्जो इन्सिन्येले एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार मिलेको थियो । दोस्रो हाफको सु्रुवातीदेखि नै आक्रामक फुटबल खेलेको इटालीका लागि ५३ औँ मिनेटमा लियोनार्दो स्पेनजोलाले गरेको क्रस टर्कीका मेरिह देमिरालले बचाउन खोज्दा आत्मघाती गोल हुन पुग्यो । त्यसपछि इमाबोले ६६ र इन्सिन्येले ७८ औं मिनेटमा गोल गर्दै इटालीको जित सहज बनाए ।

 

यस जितसँगै समूह ुएु को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ । टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ । युरोकप अन्तर्गत भोलि ९शनिबार० तीन खेलहरु हुनेछ ।

 

यसपटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार