• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सांसद वैद्यले गरे आत्मालोचना

काठमाडौं । बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले आफूले हिजो प्रदेश सभाको बैठकमा दिएको अभिव्यक्तिको आत्मालोचना गर्दे सो अभिव्यक्ति फिर्ता लिएका छन् ।

 

आज शनिबार प्रदेश सभाको बैठकमा  वैद्यले आफूले हिजो प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारण राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्तिको आत्मालोचना गर्दै फिर्ता लिएको बताएका छन् । उनले आफ्नो  उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन समेत सभामुखलाई आग्रह गरे ।

 

उनले भने, ‘अहिले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउनका लागि जुनसुकै सम्झौता गर्न तयार भएको देखेर म असाध्यै आवेशमा आएर आवश्यकताभन्दा बढी स्वतन्त्रताको प्रयोग गर्दै बोलेछु, मेलै बोलेका शब्दहरू फिर्ता लिएको छु ।’

 

सांसद वैद्यले आफूले बोलेको शब्द आपत्तिजनक र संसदको मर्यादाविपरित रहेको महसुस गर्दै फिर्ता लिएको र संसदको रेकर्डबाट समेत बटाउन आग्रह गरेका छन् ।

 

‘मैले मबाट प्रयोग भएका शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरित रहेको भनेर मेरो संसदीय दलले निर्देशन दिएको र म आफैले पनि गलत बोलेको अनुभूति भएका कारणले मैले बोलेको शब्द फिर्ता लिएर संसदको रेकर्डबाट समेत हटाउनका लागि आग्रह गर्दछु’, उनले स्पष्ट पारेका छन् ।

 

बैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सत्ता बचाउन अनेक किसीमका राष्ट्रघाती संझौता गरेकाले महात्मा गान्धीलाई गोड्सेले हत्या गरेजस्तै हत्या गर्ने मानिस चाहिएको अभिव्यक्ति दिएका थिए । त्यस्तो मानिस नभेटिए आफैं अघि सर्ने उनको आशय थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार