• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

बैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादस्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ।

 

कांग्रेसकै प्रदेश सांसद वैद्यले शुक्रबार प्रदेशसभामै प्रधानमन्त्री ओलीका लागि आफू महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेजस्तै बन्न तयार रहेको बताएका थिए । 

 

कांग्रेस केन्द्रीय नेतृत्वले प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै निर्देशन दिइसकेको जनाएको छ । अभिव्यक्तिमा संयम र सजगता राख्न पनि वैद्यलाई सचेत गराइएको छ।

 

‘नेपाली कांग्रेस प्रष्ट छ( अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,’ कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार