• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

नूरको कलामा वातावरणीय चेतना

०००

कलाकार एवं प्रोडक्ट डिजाइनर नूर तान संयुक्त राज्य अमेरिकाको न्यूयोर्क बसेर कला क्षेत्रमा सक्रिय छिन् । लेबनान–जर्मन मूलकी नूरले संयुक्त राज्यबाटै ‘इन्डस्टेरियल डिजाइन’मा स्नातकोत्तर गरेकी छिन् ।

 

प्रस्तुत प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) मा नूरले नेपालमा पाइने हरियो घिरौलाको भित्री जालोले बुनेका लुगालाई कलाको रुप दिएकी छिन् । दैनिक प्रयोगमा आउने तरकारी तथा भान्साका सामग्रीबाटै उनले वातावरणीय चेतना दर्शाउने कलाको सृजना गर्ने गरेकी छिन् ।

 

युवा कलाकार एवं डिजाइनर नूरले घरायशी प्रयोगहीन सामग्रीबाटै वातावरणीय चेतका कला सृजना गर्ने परम्परामा आफूलाई अब्बल देखाएकी छिन् । २०२१ अप्रिलमा उनको कला प्रदर्शनी पहिलोपटक काठमाडौंमा भएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार