• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

डिम्याट खाता ३५ लाख बढी

काठमाडौं । गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई हाल ३५ लाख नाघेको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको हो ।


एक वर्षकै अवधिमा मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणाभन्दा बढी वृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ ।


धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डको भनाइ छ ।

 


धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आईडी लिएकामा यस अवधिमा उक्त सङ्ख्यामा उल्लेखनीय वृद्धि (करिब १७ गुणाभन्दा बढी) भई करिब छ लाख ६० हजार रहेको छ भने औसतमा छ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिएको छ । यसले पुँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डको भनाइ छ ।२०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको सङ्ख्या १७ लाख रहेको थियो ।

 


चालू आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्कअनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

 

ब्रोकरको लाइसेन्स पनि थपिँदै  


बोर्डले सेयर बजारमा काम गर्न ब्रोकरको लाइसेन्स थप गर्न लागेको छ । बोर्डका अनुसार सातवटै प्रदेशमा पाँच÷पाँचवटा गरी कुल ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी भइरहेको छ ।
नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने उद्देश्यसहित उक्त कार्यलाई अघि बढाएको जनाउँदै बोर्डले हालको परिवेशमा ब्रोकरलाई लाइसेन्स दिने विषयलाई जोड दिन जरुरी रहेकाले यसलाई प्राथमिकतामा राखेको हो ।

 

नयाँ स्टक एक्सचेन्जको सम्भावना


कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिका बीच धितोपत्र बजारमा देखिएको वृद्धि भएको परिप्रेक्ष्यमा बोर्डबाट धितोपत्र बजारको स्थिति, अर्थतन्त्रको अवस्था, नेप्से सूचकाङ्क तथा ब्याजदर, आपूर्ति र मार्जिन ऋणको सम्बन्ध, हालसाल मूल्यमा उतारचढाव देखिएको
जनाएको छ ।


केही कम्पनीको विश्लेषण, धितोपत्र बजार परिसूचक बढ्नुका कारण तथा धितोपत्र बजारमा गर्नुपर्ने कार्यहजस्ता विषयवस्तु समेटी अध्ययन गरिएको बोर्डले जनाएको छ । यस्ता प्रतिवेदनहरू जानकारीका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा समेत पेस गर्ने गरिएको छ ।
बोर्डले वित्तीय समावेशिता तथा म्युनिसिपल बन्डसम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न गरिएकामा सोमा सुधार गरी अन्तिम रूप दिने कार्य अगाडि बढेको छ ।

पुँजी परिचालन इतिहासकै उच्च


चालू आर्थिक वर्षको प्रथम १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपियाँ बराबरको पुँजी परिचालन भएको छ जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो ।
प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको ससानो बचत सङ्कलन गरी दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको जनाएको छ ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार