• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

फ्लोर क्रस गर्दा कारवाहीमा परेका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार जना एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

 

विहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य कुर्मराज शाही, प्रकाश ज्वाला, नन्दसिंह बुढा र अमरबहादुर थापालाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

 

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । त्यसपछि उनीहरुले आफूहरुमाथिको कारबाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार