• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

काठमाडौमा नि:शुल्क खाना बितरण अभियान : दिनरात खटिन्छन सुमन र सुवास

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरी निशुल्क रुपमा बिहान र साँझ खाना वितरण अभियान सुरु गरेका छन् ।
 

काठमाडौंमा बसोवास गर्ने लकडाउनमा समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान आज सातौ दिन पुगेको छ। यो अभियानमा वीपी युथ सर्कलका सुमन गिरी र सुबास कट्टेल नागरिकको सेवामा दिन रात नभनि समर्पित भएर लागेका छन ।

 

युथ सर्कल बागमती प्रदेश अध्यक्ष सुमन गिरीले भने, 'सेवा नै धर्म हो । मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर हामी केहि युवा साथीहरुको पहलमा यहि जेठ २१ गतेबाट सुरु गरिएको यो अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरि घछ सय  बढी ब्यक्तिहरुलाई निस्शुल्क रुपमा खाना बितरण गरिसकेका छौं ।'
 

निषेधाज्ञाको कारण समस्यामा पर्नु भएका महानुभावहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँबसपार्क, माछापोखरीमा निशुल्क रुपमा बिहान र साँझ खान वितरण सुरु गरिएको वीपी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइरलाले बताए ।
 

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले भने, 'यो संकट र महामारीमा राजनीतिक दलाहरु र सामाजिक अगुवाहरु घरमा सुतेर बस्नु दुखद हो,वास्तवमा सरकार,राज्य, पार्टीहरु, नेताहरु,नागरिक अगुवाहरु चाहिने भनेकै जनतालाई दुख, पीडा, अप्ठ्यारो पर्दा नै हो तर अहिले कोरोना महामारीमा नेपाली नागरिकहरु हस्पिटलमा छटपटाईरहँदा जिम्मेवार पक्षहरु रमिता हेरेर बस्नु दुर्भग्य हो,' उनले थपे ।
 

वीपी स्टडी युथ सर्कल नुवाकोटका अध्यक्ष सुवाश कट्टेलले यो निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अवधीभर जारी रहने जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार