• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

घट्दै कोरोना संक्रमण, ५ हजार २९३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । 

 

मन्त्रालयका अनुसार ९ हजार ९०१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो ।

 

यस्तै देशभर ५ हजार २९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप ५९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार