• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

भोको पेटलाई भोजन जुटाउने मनकारीहरु

काठमाडौं । नि:शुल्क खाना बितरण अभियानको आज सातौै दिन  हो । यो एक सातामा ३ हजार बढीलाई  निशुल्क खाना बितरण गरिएको हो । 

 

नेपाली कांग्रेसका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरी निशुल्क रुपमा बिहान र साँझ खाना वितरण अभियान सुरु गरेका छन् ।

 

निषेधाज्ञाको कारण समस्यामा पर्नु भयका महानुभावहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँबसपार्क, माछापोखरीमा निशुल्क रुपमा बिहान र साँझ खान वितरण सुरु गरिएको  हो ।

 

तरुण दलका केन्द्रिय महामन्त्री भुपेन्द्र जंङ शाही बि पी स्टडिज युथ सर्कलका केन्द्रिय अध्यक्ष ऋषि कोइराला नुवाकोट तरुण दलका सचिब सुमन गिरीको संयोजकत्वमा यो अभियान चलिरहेको छ ।

 

आज नेपाल तरुण दल काठमाडौ जिल्ला कार्यसमिति सदस्य  दिपक थापाले  स्वर्गीय बुबा टेक बहादुर थापाको आज पर्न  गएको पून्य तिथी को अबसर पारेर कोहि पनि भोको पेट बस्न नपरोस भन्ने उदेश्यले यो अभियानलाई पच्चिस हजार  नगद सहयोग गरेका छन । 

 

मजदुरको काम रोकिएपछि हातमुख जोर्न ठूलै युद्धको सामना गर्नपर्ने परिस्थीति श्रृजना भए संगै युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन । अहिले सबै भन्दा बढी चेपुवामा परेको तल्लो तहका निमुखा नागरिकलाई खाना खुवाउने अभियानमा जो कोहिले पनि  हालेमालो गर्न सक्ने छन ।


बालाजुको माछापोखरी अत्याधिक जनघनोत्व भएको ठाउँमा गत साता देखि दैनिक बिहान २ सय जना र बेलुका ३ सय बढीलाई दाल भात तरकारी र एक बोटल मिनिस्टर वाटर बितरण हुदैं आएको छ भने आवश्यकता भएकाहरुका लागि मास्क सेनिटाइज समेत वितरण गरिएको छ । 

 

अभियानको नेतृत्व गरिरहेका  भुपेन्द्र जंङ शाही, इन्जिनियर ऋषि कोइराला र सुमन गिरीले  यो अभियान संग जोडिन सबैलाई अनुरोध गरेका छन । यसरी  दैनिक रुपमा खाना खुवाउदा  १ लाख बढी खर्च हुने गरेको आयोजकको भनाई छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार