• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

महालक्ष्मी लाइफ इन्स्योरेन्सले  बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । 

 

कम्पनीले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड(१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेका जनाउदै छुट दिने भएको हो ।

 

बीमितले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए।

 

बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको हो।

 

२०७८ असार मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई बीमालेख व्यतित अविधको अधारमा बिलम्व शुल्क ५० प्रतिशत देखि १०० प्रतिशत सम्म छुट दिने जनाएको हो ।

 

तीन महिनासम्म बीमालेख व्यतित भएको हकमा शत प्रतिशत बिलम्ब शुल्क छुट हुनेछ भने ३ देखि ६ महिनासम्मको हकमा ७५ प्रतिशत र ६ महिना भन्दा माथिको हकमा ५० प्रतिशत छुट पाउनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार