• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मुल्य घट्यो,चाँदीको बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ। आज बिहीबार सुनको मुल्य ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

सुन बुधबार तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। 

 

त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ । चाँदीको मूल्य बिहीबार १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार