दोहोरो अंकले घट्यो नेप्से सूचक
काठमाडौं । आज बजारमा ७० अंकको उतारचढाव देखिएको छ। आज नेप्से सूचक १३.५६ अंकले घटेर २९४६.५८ को बिन्दुमा पुगेको हो ।
१६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज नेप्सेमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स तथा नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको सीईडीबी हाइड्रोपावरसहित ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेर सर्किट लेभलमा बन्द भएको छ। सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुने अन्य कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर र पोखरा फाइनान्स छन् ।
आज कारोबारमा आएका मध्ये ११६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६० कम्पनीको भने बढेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस