• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थपिए ४ हजार ३४४ कोरोना संक्रमित,५ हजार ७६८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ६४२ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४४९ जना र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

 

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा थप ८१ संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार