• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

यो सब कसले, किन र केका लागि गर्दैछ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् ।

 

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको धारणा व्यक्त गरेका छन्।

 

उनले लेखेका छन्, “एमालेको एकताको मूल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्तासाझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।” 

 

उनले थपे,“कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्तासाझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दै छ यो सब ?”

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार