• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित थपिए,१०८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् ।

 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।

 

 सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको  छ  ।

 

  मन्त्रालयले थप ६ हजार ५७० जना निको भएको उल्लेख गरेको छ। हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । 

 

 पछिल्लो २४ घण्टामा  १०८ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको  छ । कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म ८ हजार ९८ जनको मृत्यु भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार