• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

लघु चलचित्र ‘HOUSE HUSBAND’ युटुब मार्फत सार्वजनिक

काठमाडौं । शैली थिएटरले निर्माण गरेको लघु चलचित्र 'HOUSE HUSBAND' युटुब मार्फत  सार्वजनिक गरिएको छ । शैली थिएटरले आफ्नै युट्युव च्यानल मार्फत उक्त लघु चलचित्र शुक्रबार बेलुकी ५ बजे सार्वजनिक गरेको थियो  । 

 

'House Husband' एउटा नारिवादी लेखकको मनोविज्ञानमा आधारित लघु चलचित्र हो । भनाई र गराई, लेखाइ र भोगाईमा हुने अन्तरभित्रको कथा हो 'House Husband'। यो हामी धेरैजना भित्रको संकुचित सोच,सामाजिक चेत, संस्कार, दृष्टिकोणको बाहनामा आफुभित्रको अहम्लाई जित्न नसकेका पुरुषहरूको कथा हो । यो हाम्रै घरभित्रको कथा हो,लेखक तथा कलाकार सुवास सुवेदीले बताए। 

 

'House Husband' निर्माण बारे चलचित्रका लेखक तथा निर्देशक नवराज बुढाथोकी भन्छन्,'कोभिडका बिच पनि २०७७ सालमा शैली थिएटरले भर्चुअल माध्यम बाट भएपनी केही महत्त्वपूर्ण कार्य सम्पन्न गर्‍यो। बिश्व बालकविता महोत्सव, राष्ट्रिय निबन्ध प्रतियोगिता ,बार्हौ राष्ट्रिय बालनाटक महोत्सव, शैली संवाद आदि। यसै क्रममा शैली थिएटरको सक्रियता निर्माण भएको लघु चलचित्र हो 'House Husband' ।' 
 

सर्ट मुभीलाई  सुवास सुवेदी र नवराज बुढाथोकीले लेखेका हुन भने, निर्देशन नवराज बुढाथोकी कै रहेको छ। सुवास सुबेदी, सरस्वती अधिकारी, शौभाग्य सिंह, निहारिका खड्का लगाएतको यसमा अभिनय रहेको छ। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार