• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

एजिङ नेपालले गर्‍यो छात्रवृत्तीको नतिजा सार्वजनिक

काठमाडौं । एजिङ नेपाल ज्येष्ठ नगरिकको क्षेत्रमा काम गर्ने गैह्र–सरकारी संस्था हो। संस्थाले ज्येष्ठ नागरिकका विषयमा अध्ययन अनुसन्धान, वकालत, जनचेतना, तथ्याङ्क सङ्कलन र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । 

 

हालै यस संस्थाले सन् २०२१ को लागि आह्रान गरेको छात्रवृत्तीको नतिजा सार्वजनिक गरेको छ। हरेक वर्ष जस्तै यो वर्ष पनि MA/ M.Phil तहका विद्यार्थीहरुलाई ज्येष्ठ नागरिकको विषयमा सोधपत्र (थेसिस) लेख्न अनुदानको लागि प्रस्ताव आह्रान गरिएको थियो। देशभरका बिभिन्न विश्वविद्यालय तथा क्याम्पसबाट आएका आवेदनहरुलाई मुल्याङ्कन गरी उत्कृष्टताको आधारमा ६ जना बिद्यार्थीलाई यो छात्रवृद्धि प्रदान गरिने बताइएको छ । 

 

MA/ M.Phil तहका कुनैपनि सङ्कायका विद्यार्थीलाई डिग्री पुरा गर्न विश्वविद्यालयको शैक्षिक आवश्यकता अनुसार गर्नुपर्ने थेसिस लेख्न यो छात्रवृद्धि दिने गरेको हो । यस कार्यक्रम अन्तर्गत ६ जना बिद्यार्थीले थेसिस लेखनको लागि जनही ४०,००० का दरले छात्रवृत्ती प्राप्त गर्ने जनाइएको छ भने । कार्यक्रमलाई एजिङ नेपाल स्वीजरल्याण्ड र केही सहयोगी मन भएका नेपालीहरुको आर्थिक सहयोग प्राप्तभएको छ ।

 

एजिङ नेपालका प्रमुख कृष्ण मुरारी गौतमका अनुसार नेपालमा ज्येष्ठ नागरिकका विषयमा अध्ययन अनुसन्धान एकदम कम हुने जसले गर्दा सम्बन्धित तथ्याङ्कको सधैँ अभाव हुने गरेको छ । तथ्याङ्क र अनुसन्धानको अभावमा निर्माण गरिने ज्येष्ठ नागरिक मैत्री कार्यक्रम दिगो तथा उपयोगी नहुने भएकाले यो कमीलाई केही हदसम्म माथि उकास्न यो कार्यक्रमको धारणा ल्याइएको हो । यो कार्यक्रमले नेपालमा ज्येष्ठ नागरिकको बिभिन्न अवस्थाका बारेमा नयाँ अनुसन्धान हुने गौतमले जानकारी दिए । । 

 

गौतमले थपे, तथ्याङ्क सङ्कलन हुने भएकाले यो एकदमै प्रभावकारी हुँदै गएको छ। साथै यो कार्यक्रमबाट विद्यार्थीहरुलाई ज्येष्ठ नागरिकको विषयमा अध्ययन,अनुसन्धान गर्न थप प्रेरणा र हौषला समेत मिल्ने गरेको छ ।

 

सन् २०१६ बाट सुरु भएको यो कार्यक्रमले पहिलाका वर्षमा ३ जनालाई छात्रवृद्धि दिने गरेको थियो । कार्यक्रमको बढ्दो प्रभावकारीता र आवश्यकताको आधारमा यो वर्ष भने ६ जनालाई यो सहयोग दिन सफल भएका छौँ । यो हाम्रो लागि गर्वको कुरा हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार