• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

ए सरकार, तिमीलाई राती निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ : प्रियंका कार्की

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् । उनले भनेकी छिन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन। यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?”

 

देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतीको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । 

 

उनले दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित नहुने समेत जिकिर गरेकी छिन् ।

 

उनी लेख्छिन्, ‘अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राती निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ । नेताहरू मरिरहेका छन् । आक्रोश फैलिएको छ । त्रास छ । डर छ।’

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार