• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

'म मुड अनुसार स्केच बनाउँछु'

लकडाउनको समय कसरी बित्दैछ ?
अहिले नयाँ नाटकको रिहर्सल गर्दैछु । Praps Making सिक्दैछु र स्केचहरु पनि बनाउँछु । त्यसरी नै दिनहरु बितिरहेका छन् । 

 

स्केच बनाउँदा कति समय लाग्छ ? कसरी बनाउनुहुन्छ ?
यत्ती नै समय लाग्छ भन्ने हुँदैन । म मुड अनुसार स्केच बनाउँछु तर एक दिनमा सक्छु । भर्खर सिक्दैछु समय लाग्छ। सुरुमा भाग तयार पार्छु र अरु डिटेलमा काम गर्छु।


स्केच बनाउन कहाँबाट सिक्नुभयो ?
म स्केच बनाउन रुचाउँछु। मैले यो कहीबाट सिकेको होइन । मनमा आएको सोचलाई कलरसंग मिक्स गरेर कलर पोत्ने हो । भर्खरै हो मान्छेको स्केच बनाउन थालेको । यो चाहिँ फेसवुकबाट हेरेर बनाउँछु।

 

रंगमञ्च के हो ?
मेरो बिचरमा रंगमञ्च सबैलाई समेट्न सक्ने एउटा माध्यम हो ।

 

रंगमञ्च किन लाग्नुभएको ?
समाज परिवेश र आफुले आफैलाई बुझ्न म रंगमञ्चमा लागेको हुँ । किनकी सुनेर देखेर बुझ्नु र त्यही समाज परिवेशमा रहेर त्यो कुरालाई महसुस गर्दै नियाल्दा धेरै कुराहरु सिक्न सकिन्छ । यसका साथै यी सबै कुराहरु सिक्न र रंगमञ्चमा अभिनय गर्न रुची भएर म यस क्षेत्रमा लागेको हुँ । 

 

रंगमञ्चमा लाग्नुभएको कति भयो ?
गाउँमा हाम्रो आफ्नै संस्था चुलाचुली रंगमञ्च छ । त्यहाँ तीन बर्ष काम गरे । अहिले शिल्पी थिएटरमा नाटकको काम गरिरहेको छु । एकबर्ष कोरोनाले काम गर्न दिएन । म रंगमञ्चमा लागेको पाँच वर्ष जति भयो । 

 

 

यो अवधिमा कतिवटा जति नाटक गर्नुभयो ?
आफ्नौ संस्था चुलाचुली रंगमञ्चको प्रोडक्सनमा तीनवटामा गरे । त्यसपछि झोरहाट थिएटरसंग दुईवटा, परिवर्तन थिएटरसँग एउटा, बिराट आदर्श साहित्य मञ्चसँग एउटा र यो संगै काठमाडौ आएपछि जोखना र मुकुन्द इन्दिरा गरी दशवटा जति पुगे होलान् । 

 

रंगमञ्च तपाईको पेसा हो कि रुची ?
रंगमञ्च मेरो रुची हो तर अब यसलाई पेसा नै बनाउने सोच बनाएको छु । 

 

यतीका बर्ष भइसक्यो रंगमञ्चमा लागेको, यसबाट के पाउनुभो ? 
ठ्याक्कै यहि भन्न सक्दिन तर धेरै कुरा सिक्दैछु । हिजो भन्दा आज रंगमञ्चलाई हेर्ने नजर सोच्ने बिचार र बुझाई अलि फराकिलो भएको छ । म आफुले आफैलाई बुझ्दैछु र समाजमा बसेर समाजप्रति मेरो उत्तरदायित्वलाई रंगमञ्चबाट नियाल्दै छु।

 

अहिले धमाधम रंगमञ्चका कलाकार चलचित्रमा लागिरहेका छन, तपाईंले पनि चलचित्रमा अभिनय गर्नुभएको होलानी ?
मेरो अहिलेसम्म चलचित्रमा अभिनय गर्ने सौभाग्य जुरेको छैन। 

 

रंगमञ्चमा लागेर के चाहि कमाए भन्ने लाग्छ ?
पैसा त त्यस्तै हो साथीभाई आफन्त चाहीँ कमाएको छु।

 

अहिलेको समयमा रंगमञ्चको स्थिती र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
यो विषयमा म केही भन्न सक्दिन। किनकी अहिले रंगमञ्चको मात्र होइन सबै क्षेत्रको अवस्था नाजुक छ। यो भन्दा धेरै म के भन्न सक्छु र । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार