• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना फेला, सबै उमेर समूहमा जोखिम

काठमाडौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा B.1.617.2  नयाँ भेरियन्ट र ३ प्रतिशतमा  B.1.617.1 भेरियन्ट पुष्टि भएको छ। यो संगै हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

 

“विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन भूमिका बढाउन सबैको जानकारी लागि विनम्र अपिल गर्दछौँ ।”

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार