• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

 

नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । 

 

मंगलबार सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ । 

 

यस्तै  दिनभर ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा धेरैका दुई करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार