• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

विद्यार्थीलाई कोरोना खोप र निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा गर्ने अनेरास्ववियुको माग

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउन सरकार संग माग गरेको छ ।

 

भर्चुअल माध्यमबाट बसेको केन्द्रिय कमिटीको बैठकले  विद्यार्थीहरुलाई निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बैठकका निर्णय समेटेर प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई निषेधाज्ञा अवधीको कोठा भाडा मिनाहा हुनुपर्ने उल्लेख छ ।

 

 अनलाइन क्लासका नाममा अभिभावकहरुसँग महंगो शुल्क असुली नगर्न निजी विद्यालयहरुलाई अनेरास्ववियुले आग्रह समेत गरेको छ ।

 

अनेरास्ववियुले विश्व नै कोरोना संग  लडिरहेको अबस्थामा हिंसात्मक संघर्षमा उत्रिएका इजरायल र प्यालेस्टाइनलाई शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न पनि अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार