• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

जसपा संसदीय दलको नेतामा महतो चयन,ठाकुरले पठाए पत्र 

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ।

 

पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए। संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ।

 

गएको वैशाख ३० गते बसेको संसदीय दलको बैठकले उनलाई नेता चुनेको जानकारी गराइएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षको उक्त बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव समूह भने सहभागी थिएन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार