• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । 

 

गत शनिबार प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका थिए ।  

 

रिट निवेदकहरूले सङ्घीय संसद्को सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री बनाइएका सात जनाको नियुक्ति बदर हुनुपर्ने माग समेत गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार