विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट,दुई जना पक्राउ
विराटनगर । विराटनगरमा रहेको विराट शिक्षण अस्पतालमा नचिनेको मानिसको समूहले डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो। सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला नचिनेको मानिसको समूहले कुटपिट गरेका अस्पतालले जनाएको छ ।
कुटपिटबाट डाक्टर सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत घाइते भएका छन् । रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। यस्तै घटनामा संलग्न भएको आरोपमा बूढीगङ्गा नगरपालिका २ का निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई पक्राउ गरिएको छ।
उपचारका लागि भर्ना भएकी बूढीगङ्गा २ की ७३ वर्षीया गोमादेवी श्रेष्ठको उपचार गर्न ढिलो भएको भन्दै डाक्टरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस