• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

महानगर जनताको स्वास्थ्यप्रति संवदेनशील छ,भ्रमको खेती नगरौं : मेयर दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर   रेणु दाहालले भरतपुर महानगर जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै  झुटको खेती   नगर्न आग्रह गरेकी छिन् ।

 

 कोरोनाबाट मृत्यु भएकाको शव जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने केही सञ्चारमाध्यममा आएको समाचार प्रति उनले आपत्ती व्यक्त गर्दै समाचारको खण्डन समेत गरेकी हुन् । 

 

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै दाहालले महानगरले कुनै पनि शब व्यवस्थापन गरेर पैसा नलिएको र शव जलाउने कार्य महानगरको नरहेको  प्रष्ट पारेकी छन ।

 

मेयर दाहालले भरतपुर महानगरले बिगतदेखि हालसम्म कोरोना कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याएसम्म ईमान्दारितापूर्ण उपाए र कोसिस गर्दै आएको पनि बताएकी छिन् । उनले कोरोनाबाट मृत्यु भएकाहरूको शवको व्यवस्थापन गरिने दायित्व केन्द्र सरकारले सेना प्रहरी प्रशासनलाई तोकेको र आजसम्म ब्यवस्थापन पनि त्यसरी नै हुँदै आएको उल्लेख गरेकी छन ।

 

महानगरले कोरोना संक्रमितलाई लक्षित गर्दैै अक्सिजन सहितको ३० बेडको आईसोलेसन कक्ष तयार गरिएको र एन्टिजेन परिक्षण ४ ठाउँबाट अगाडी बढाइएको समेत जानकारी दिएकी छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार