• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

मेक्सिकोकी एन्ड्रिया मेजा भईन ‘मिस यूनिभर्स २०२०’

काठमाडौं । मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन्। 

 

पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन्।अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन्।

 

‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड–१९ महामारीलाई कसरी ह्यान्डल गर्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् ।

 

ब्राजिलकी सुन्दरी जुलिया गामा, पेरुकी सुन्दरी जेनिका मसेटा र भारतकी सुन्दरी एडलाइन क्यास्टेलिनो क्रमशः फस्र्ट, सेकेन्ड र थर्ड रनरअप बनेका छन् । 

 

सुन्दरी प्रतियोगीतामा भाग लिन नेपालबाट आंशिका शर्मा गएकी थिइन् । उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार