• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रधानमन्त्री ओलीविरुद्धको रिटको सुनुवाइ आज 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

 

वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली लगायतका अधिवक्ताले दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो ।

 

गत शनिबार प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् ।

 

रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार