• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

आज शेयर बजार कीर्तिमानी विन्दुमा

काठमाडौं । शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमबार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । 

 

सोमबार बैंकिङ समूहको शेयर नौ अंकले, व्यापार समूहको सात अंकले, जलविद्युतको ६८ अंकले, फाइनान्सको साढे १२ अंकले, माइक्रो फाइनान्सको १५ अंकले, जीवन बीमा समूहको एक सय १८ अंकले, निर्जीवन बीमाको ३९ अंकले र अन्य समूहको शेयर साढे ५७ अंकले बढेको छ ।

 

होटल, विकास बैंक र उत्पादन समूहको शेयर भने घटेको छ। नेप्सेले कीर्तिमानी विन्दुको रेकर्ड बनाएको दिन कारोबार रकम भने घटेको छ । दुई सय १८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर नौ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । रुरु हाइड्रो र समता घरेलु लघुवित्तसहित ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार