• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन ?

काठमाडौं । नेकपा (एमाले)  नेतृ तथा सांसद रामकुमारी झाँक्रीले जनताको बहुदलीय जनवादका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथी कडा टिप्पणी गरेकी छिन् । 

 

मदन भण्डारी र जीवराज आश्रितको २८औं स्मृति दिवसमा सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले, “आज जेठ ३ गते मदन-आश्रित स्मृति दिवस । जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो-कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज व्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण ।

 

बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता । जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन ? यी यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो । कमरेड मदन र कमरेड आश्रित प्रति हार्दिक श्रद्धासुमन !”

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार