• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

राधे : रणदीपको अगाडी सलमानको अभिनय फिक्का

फ्रेसन्युज संवाददाता, काठमाडौं । अहिले कोरोनाले पूरा विश्वलाई आक्रान्त बनाएको छ । यही समय बलिउड अभिनेता सलमान खानले इदको अवसर पारेर आफनो नयाँ फिल्म ‘राधे’ प्रदर्शनमा ल्याएका छन्। सलमान खान धेरै जुक्ति लगाएर आफनो फिल्म प्रदर्शन गर्ने गर्छन । उनी प्राय इदको मौका छोपेर नै आफनो फिल्म प्रदर्शनमा ल्याउँछन् । तर यसपटक भने उनलाई केही गाह्रो महसुस भएको छ, कारण हो कोराना।  

 

सलमानको फिल्म भनेपछि जसलाई पनि हेर्न रुची हुन्छ, त्यसमाथी युवाभन्दा युवतीहरु नै उनको फिल्ममा आकर्षित देखिन्छन् । तर अहिले उनको फिल्म हलहरुमा प्रदर्शन नभएर धेरैलाई अफ्ठ्यारो परेको छ ।सलमान खान आफ्नो फ्यानहरुको मन जित्ने खालको फिल्म बनाउने कोशिश गर्छन तर यसपटक भनेर उनी यसमा सफल देखिएका छैनन । उनको फिल्मलाई धेरै दर्शकहरुले हेरेका त छन् तर कथालाई खासै रुचाएका छैनन् । सबैको मुखमा एउटै भनाई छ । सलमानको फिल्ममा खासै केही नयाँ कुरा छैन । उही पुरानै ‘दंबग र वाण्डेट’ को शैली छ ।  

 

राणा (रणदीप हुड्डा) मुम्बई आउँछन् र शहरलाई लागूपदार्थको शिकारमा फसाउँछन् । मुम्बईका युवाहरु लागूपदार्थको लतमा यसरी फस्छन् कि उनीहरु आफनो जीवन बर्बाद भएको पनि थाहा पाउँदैनन्। केही गरेपनि मुम्बई पुलिस राणालाई समाउन असफल हुन्छ ।

 

फिल्मको शुरुवात नै युनिक छ । १५ मिनेट नबित्दै फिल्ममा नायक, नायिका र भिलेनको इन्ट्री हुन्छ । फिल्म की नायिका दिया (दिशा पटानी) लाई राधेको कामबारे खासै केही थाहा हुँदैन। जबकी पुरा शहरमा राधेको चर्चा भइरहेको हुन्छ । दियाले पुरा फिल्ममा राधेलाई भोलु भनेर बोलाउने गर्छिन । जुन दियाको अनुहारमा त्यो देखिँदैन । फिल्ममा उनलाई निकै फेशनेवल देखाइएको छ। राधेको दश वर्षमा २३ ठाउँमा सरुवा भईसकेको हुन्छ भने उनले ९७ वटा भिडन्तहरु गरिसकेका हुन्छन्। फिल्ममा राधेले राणालाई पक्राउ गर्नको निम्ती गुण्डाहरु कै सहयोग लिन्छन् र अन्तमा राणा र राधेको लुकिछिपीको खेल समाप्त हुन्छ । 

 

यो फिल्ममा पनि सलमानले आफनो सर्ट खोलेर शरिरको प्रर्दशन गरेका छन् जो दर्शकको लागि खासै नौलो कुरा होइन । उनले फिल्ममा आफनो शरिरको धेरै प्रदर्शन नगरेपनि कही कतै दृश्य उनले सर्ट फुकाल्दा युवतीहरु अवश्य आर्कषित भएका छन् । 

 

राधे लाई २०१७ मा बनेको कोरियाली फिल्म ‘दि आउटलज’ को कपी भन्दा पनि खासै फरक पर्दैन। फिल्म चोर पुलिसको रमाइलो कथा हो। फिल्मको शुरुवातमा नै अन्तमा के निचोर निस्कन्छ भन्ने थाहा हुन्छ। जोकोहीले पनि फिल्म हेर्न थालेपछि सजिलै यसको क्लाइमेक्स भन्न सक्छन् । फिल्ममा नयाँ केही छैन। उही सलमान र रणदीपको चोर पुलिसको खेलमा मिस्रित एक्सन हो। फिल्म की नायिका दीशालाई सलमानसँग नाच्नको लागि मात्र राखिएको हो कि जस्तो लाग्छ । उनको अभिनयमा पनि खासै नयाँपन छैन । यसमा उनको काम भनेको हिरोको अघिपछि घुम्ने मात्र हो जस्तो लाग्छ । 

 

यसभन्दा अघि ‘वान्टेड’ र ‘दबंग ३’ निर्देशन गरिसकेका डान्सका बादशाह प्रभु देवाले यो फिल्ममा पनि सलमानलाई पुरानै ढर्रामा उतारेका छन् । उनका अघिल्ला फिल्मको जस्तै एक्सनले मात्र भरिएको छ फिल्म। ज्याकी श्राफ, रणदीप हुड्डा र गौतम गुलाटीको  अभिनय  हेर्नकै निम्ती भएपनि फिल्म एकपटक हेर्नेपर्ने हुन्छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार