• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

कवि तथा गीतकार चेतन कार्कीको निधन

काठमाडौं । कवि तथा गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा  निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो ।

 

उनलाई गत आइतबार अस्वस्थ भएपछि सैनिक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

चलचित्रकर्मीसमेत रहेका कार्की १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आइपुगेका थिए । त्यसपछि उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार