• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

काठमाडौं । शनिबार नेपाल सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले  जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १९० गोलले पराजित गरेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे । यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

 

४६औं मिनेटमा निशान खड्काको क्रसलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा नसकेको बललाई बुद्ध बल तामाङले प्रहार गरेपनि ढिला हुदा उनको प्रहार फ्लोरेन्ट कोरालाई लाग्दै फर्किदा धनगढी बराबरीबाट चुक्यो । ५१औं मिनेटमा निशान खड्काको कर्नरमा पुजन उपरकोटीले सुवर्ण अवसर खेर फाल्यो ।

 

५५औं मिनेटमा अशोक खवासले पोस्टमै गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले पञ्च गर्दै बचाउँदा धनगढी चुकचुकायो । ६५औं मिनेटमा विश्वास श्रेष्ठकै पासमा स्टेफन विनोङ समिरले फ्रान्कलिन कुटे टाल्लालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले डाइभ दिदै बचाए । ७४औं मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक क्रसबारमा लागेर फर्कदा काठमाडौंले अग्रता दोब्बर पार्न सकेन ।

 

८९औं मिनेटमा स्टेफन विनोङ समिरले दिनेश राजवंशीलाई बिट गर्दै गरेको प्रहार गोलरक्षक किरणले मुस्किलले बचाए ।  यस्तै खेलको अन्तिम मिनेटमा स्टेफेन बिनोङको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

 

पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार