• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

उनी उर्फ अवैधानिक...

मानिसबिचमा के छ खै
आकर्षणको केन्द्रविन्दु
के भएर मिल्छ मान्छेको मन र मस्तिष्कको नाता
मान्छेकै इगोभित्र पनि
वंशीकरणको शक्ति
आफैं समस्यामा पर्दा पनि
थप पीडा बेहोरेर
किन सहायता गर्न पुग्छ
जान्नु पर्छ कि बन्दैन
सायद ! नलेखेको साइनो
आश या अनभूतभित्रको
अवैधानिक नाता उर्फ...

 

थाहा हुँदैन
किन भन्न सकिन्न
अह ! सक्दिन भन्न
कुन रसायनले मान्छे
जोडिन्छ 
कुन तत्वले तन्किरहन्छ सम्बन्ध
आफ्नै अर्धाङ्गिनीको कुरा नमान्ने
कतिपय पुरुष 
कुनै परिचित नारीको अनुरोधलाई
किन नकार्न सकिन्न 
उनी...अवैधानिक ‌।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार