• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

शुभकामना

अनलाइन पत्रिका फ्रेसन्युज नेपालले चार वर्ष पूरा गरेको शुभ अवसरमा हामी अत्यन्त हर्षित छौँ । मूलत : दुई कारणले हामीलाई खुसी दिएको हो। पहिलो कारण हो एक युवा जोडीले यस पत्रिकामा आफ्नो सपना देखेका छन्। दोस्रो कारण हो करिब दुई वर्षदेखि हामी यो अनलाइन पत्रिका नियमित रूपमा हेर्दै आएका छौ र यसबारे केही अनुभव गरेका छौ । 

 

देवी सापकोटा र सुकृत नेपाल जीवनमा बाँधिएका छन् – एउटै यात्रा,  एउटै गन्तव्यमा । र, जीवनको खुसी  संगाल्ने र खुसी साट्ने अठोट छ। यस युवा जोडीको आँखाहरूमा जुन सपना छ र यस्तै सपना बोकेको आँखाहरूमा नै भोलिको नेपाल छ । देवी र सुकृतले पत्रकारितालाई पेसा बनाएर फ्रेसन्युजलाई र आफूहरूलाई स्थापित गर्न दिनरात खटिएका छन् । यो प्रशंसनीय छ । यस कारण हामी खुसी भएका छौ यो अनलाइन पत्रिकाले तीनवर्ष पूरा गरेर चार वर्षमा पदार्पण गरेकोमा । 

 

दोस्रो कारणबाट हेर्दा पत्रिकाको विश्वसनीयताको कुरा आउँछ। विश्वसनीयताको निर्माण गर्न ज्यादै कठिन काम हो कुनै पनि पत्रिकाको लागि। न्युज सही हुनुपर्‍यो। छोटो चिटिक्क परेको हुनुपर्‍यो। प्रस्ट हुनुपर्‍यो। लेखाइमा सामञ्जस्य आउनुपर्‍यो र निष्पक्षतालाई पूर्ण रूपमा अङ्गीकार गर्न सक्नुपर्‍यो। यस किसिमको संयोजन मिलाउन सकेमा मात्र पत्रिकाले विश्वसनीयता आर्जन गर्नसक्छ । 

 

करिब दुई वर्षको हाम्रो अनुभवमा देवी र सुकृत जोडीले यो कुरा राम्ररी बुझेको र यसको हेक्का राखेको देखिन्छ। त्यसैले यो अनलाइन पत्रिकाको भविष्य हामीले राम्रो देखेका छौ। र, यो राम्रो भविष्यको लागि हामी हृदय देखि असल चिताउँछौँ । उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछौ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार