• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
विचार

आजबाट हामी चौथो बर्षमा प्रवेश, कारोना कहरबीच हाम्रो जिम्मेवारी

कोरोना कहरको जालो गत बर्षको तुलनामा अझै जटिल बन्दै गएको छ। विश्व आक्रन्त परिरहेको यो कठोर चोट अहिले हामी नेपालीको थाप्लोमा नराम्रोसँग बजारिएको छ। देशका स्वास्थ्य संयन्त्रले थेग्न नसकिने अवस्था छ। राजनीतिक दल, सरकारका मन्त्रीहरु स्वयंसेवक सबै एकजुट भएर लडाइँ लडिरहँदा पनि अवस्थामा उल्लेख सुधार ल्याउन सकिएको छैन। 


यो भयावह अवस्थाबाट आम जनतालाई राहत दिन सरकार भएको अनुभूती दिलाउन राजनीतिक खिचातानीले फूर्सद छैन । यो डढेलोले स्वास्थ्य क्षेत्र मात्रै अस्थव्यस्त बनाएको छैन यसले लाखौंको रोजीरोटी खोसेको छ। बजेट आउँदै छ। सरकारले कोरोना मैत्री बजेट बनाउन बिषय बिज्ञको सल्लाहलाई सुनोस र सोही अनुकुल जनतालाई राहत महसुस हुने बजेट ल्याउन तर्फ कटिबद्ध होस ।


यो बिकारल अवस्थामा जनता निरीह जस्तै भएको छ, सरकारले अविभावकको भूमिका निर्वाह गर्न नसकेको भान आम जनसमुदायले गरिरहेका छन्। उद्योग, व्यवसाय क्षेत्रमा पनि कोरोनाको प्रभाव लामोसमयसम्म पर्ने निश्चित छ । आगामी बजेटमा कोरोना संक्रमणबाट प्रभावित सबै क्षेत्रलाई राहत हुने किसिमले बजेट तयार होस।


कोरोना संक्रमणको दर बढ्दै गरेको यो अवस्थामा  आम नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि सरकारले खुट्टा कमाउनु हुँदैन। आम जनताले राज्यलाई कर तिरेको अनुभूती यो सरकारले दिलाओस। अक्सिजन अभावमा उपचारका क्रममा बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था किन श्रृजना भयो सरकारको तयारी फितलो देखियो । स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको अधिकार हो भनेर संविधानमा त लेखियो के आज सामान्य भन्दा सामान्य औषधी उपकरण प्रभावितले पाउन सके कि सकेनन कमजोरी कहाँ रह्यो यसतर्फ पनि सरकारले ध्यान दियोस ।


कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई कसले रोकेको छ, आज आमजनमानसले सबैभन्दा धेरै सोधेको प्रश्न यहि हो जुन प्रश्न संचारमाध्यमहरुले पनि गर्दै आएका छन् । केहि दिन अघि मात्रै अक्सिजन अभावमा धेरै संक्रमितले ज्यान गुमाए के यी र यस्ता घटना सामान्य हुन, कदापी यो सामान्य घटना हुन सक्दैन कतिपयले यसलाई हत्या भएको भनिरहेका छन । कोरोनाको दोश्रो लहर थप पिडादायी र अत्यास लाग्दो हुन सक्ने भनेर बैज्ञानिकहरुले प्रक्षेपण गरेर सरकारलाई सोहि अनुरुप तयारी गर्न भन्दै गर्दा पनि गम्भीरता पूर्वक लिएन । आजको दिनमा ती विपन्न मजदुरहरु जो कोरोना कहरसंग लडिरहेका छन उनीहरुले पनि सत्ताको गतिबिधीलाई मुल्याकंन राम्रैसंग गरेका होलान। चुनावको बेलामा मात्रै भोट माग्ने महामरी आउँदा जनताको पक्षमा दुई शब्द पनि खर्चन नसक्ने राजनीतिक दलका प्रतिनिधीको व्यवहार यस पटक जनताले राम्रैसंग महसुस गरेका छन ।
 
अहिले भएका स्वास्थ्य सामग्री प्रयाप्त छैन। औषधीको कृत्रिम अभाव उस्तै छ भने आम उपभोक्ताले चर्को मुल्य तिरेर सेवा सुविधा लिनुपर्ने अवस्था छ, सरकारले अनुगमन र कारवाहीलाई प्रभावकारी बनाएर आमजनतालाई सरकार भएको अनुभूति दिलाउनु पर्छ । एम्बुलेन्स, हेलिकोप्ट लगायतका यातायातका साधनले मनोमानी रुपमा बिरामीसंग मोटो रकम असुलिरहेका गुनासा संचारमाध्यममा हरेक दिन आईनै रहेछन । यसतर्फ पनि सरकारले आवश्यक कदम चालोस । 


कोरोनाबाट बच्न स्वंय जनसमुदायको पनि महत्वपुर्ण भूमिका हुन्छ, के हामीले कोरोनाको जोखिम कम गर्न अनुशरण गर्नुपर्ने बानी व्यवहार बारे ख्याल गर्‍यौं कि लापरबाही गरिरहेका छौं । अति आवश्यक काम बाहेक हिडडुल नगरौ भनेर सरकारले अनुरोध गर्दै आइरहेका कुरा पनि हामीले अनसुरण गर्न सकेनौं । घरबाहिर अति आवश्यक काम परेर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न नसक्दा सडकमा टार्फिक प्रहरीको कारबाहीमा पर्नु कति लज्जाको विषय हो । स्वास्थ्य सुरक्षामा  लापरवाही गरेकै कारण अवस्था झनै भयावह बन्दैछ । अमेरिकाको वासिङ्टन विश्वविद्ययालयमा रहेको अन्तराष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र (आइएचएमई) ले गरेको अनुसन्धानले अवस्था अझै बिकराल बन्न सक्ने र मृतकको संख्या अझै बढ्ने भनेर प्रक्षपण गरेको छ । यस्ता विभिन्न प्रक्षपणहरु आइरहेका बेला कोरोना कहरलाई केन्द्रविन्दुमा राखेर सरकारले आवश्यक कदम चाल्न ढिला गर्नुहुन्न ।


 कोरोनाको प्रभाव मिडिया क्षेत्रमा पनि नराम्रो संग परेको छ। गत बर्ष नै  अधिंकाश संचारमाध्यम बन्द जस्तै छन। मिडियालाई  राहत र सेवा सुविधा दिने  सवालमा सरकारले आवश्यक कदम चलोस। बिज्ञापन बजार सानो छ भने अर्कोतर्फ बजार शिथिल छ। अर्थतन्त्र डामाडोल छ। यस्तो परिस्थितीमा संचारमाध्यमको भुमिका झनै महत्वपुर्ण हुन्छ भन्ने कुरा हामीले सम्झिएका छौं सत्य तथ्य सुचना जनमानसमा पुर्‍याउने गहन जिम्मेवारी अहिलेका अनलाइन मिडियाले निर्बाह गरेका छन। संचारमाध्यम पनि कतिपय अवस्थामा बहकिएका होला त्यसको समिक्षा आगामी दिनमा गर्दै गरौला । 


संचारमाध्यमले यो बिसंम परिस्थीतिमा निर्वाह गरेको  भूमिकालाई पनि बिर्सन हुँदैन। सत्यतथ्य सूचना आमनागरिक माझ पुर्‍याउन हामी तत्परताका साथ लागेका छौं र सधै लागिरहने छौं । यो जटिल परिस्थीतिका बावजुद पनि अनलाइन मिडियाले आफ्नो जिम्मेवारीलाई भुलेका छैन्न। प्रभावकारी सुचना दिन हामी सधै सचेत र सजग रहने नै छौं । पत्रकारिताको धर्म, मर्म र आचार संहिता पालनामा अडिक छौं । अहिलेको अवस्थामा अनलाइन मिडिया सबैभन्दा प्रभावकारी माध्यम हो भनेर आम जन–मानसले पनि बुझेका छन् ।  सबैप्रति हामी आभारी छौं । फ्रेसन्युज नेपाल डटकम आज चौथो वर्षमा प्रवेश गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ सहयोग दिने शुभेच्छुक संघ–संस्था, बिज्ञापनदाता सबै प्रति हामी कृतज्ञ छौं । 

 

फ्रेसन्युज नेपालको यात्रा यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनुहुने बरिष्ठ पत्रकार किशोर नेपाल, अर्थबिद्ध बिनोद सिजापती, कवि विप्लव प्रतीक, लेखक तथा अधिकारकर्मी चट्याङ मास्टर,  समालोचक ओम सुवेदी, साहित्यकार बसन्त लोहनी, प्रा.डा माधवी सिंह शाह, प्रा.डा.उषा लोहनी, प्रवन्ध निर्देशक समिर नेपाल, स्तम्भकार कपिल लोहनी, युवराज गौतम, ज्योती भटट्राई, रोमन आचार्य, राधा जि.सी, प्रकाश गौतम, राजेन्द्र सापकोटा,नारायण न्यौपाने, जयन सुब्बा मानन्धर, सविना सिन्धु,सुष्मा पौडेल, सुजन तिमल्सीना, उत्तम पौडेल, बिभुसा थापा, आइटेक नेपाल लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिनुहुने सबै प्रति आभारी छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि हामीलाई आवश्यक छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार