• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘मायाको पानामा’ तितो सत्यका बाल कलाकार राज आचार्यको अभिनय

काठमाडौं । गायक तथा मोडल निरायु गौतमको गीत  ‘मायाको पानामा’ को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा निरायु र गायिका एलिना चौहानको स्वर रहेको छ । ओम सुनारको संगीत र एरेञ्ज रहेको यस गीतलाई गायक गौतमले नै लेखेका हुन् ।

 

भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’ मा ‘मुन्नी’ को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतम फिचर्ड छन् । भिडियोमा रुक्मिला अधिकारी (रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

 

पर्वतको कुश्मा, बागलुङ लगायतका सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई कलाकार गणेश गिरिले निर्देशन गरेका हुन्। भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवाली सम्पादन छ । गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार