• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

गैँडाकोटका पाँच वटा वडामा ७० प्रतिशत सक्रिय संक्रमित

श्रीधर उपाध्याय,गैँडाकोट। गैँडाकोट नगरपालिकामा सक्रिय संक्रमितको संख्या चार सय नाघेको छ । गैँडाकोट नगरपालिकाको तथ्यांक अनुसार बुधबार बेलुकासम्म ४ सय १३ सक्रिय संक्रमित छन् ।

 

जसमध्ये पाँच वटा वडामा कुल सक्रिय संक्रमित मध्ये ७० प्रतिशत संक्रमित छन् । गैँडाकोटमा कोभिड १९ को संक्रमण र जोखिम नियन्त्रणका लागि नगरपालिकाले विशेष यिनै वाडहरुमा विशेष निगरानी तथा सचेतना गर्नुपर्ने देखिन्छ । गैँडाकोटका १, २, ४, ५, ६ र ८ नम्बर वडामा ७० प्रतिशत सक्रिय संक्रमित छन् ।

 

यी वाडहरुमा २८९ जना सक्रिय संक्रमित छन् । गैँडाकोट १ मा ३७ जना, गैँडाकोट २ मा ६८ जना, गैँडाकोट ४ मा ६५ जना, गैँडाकोट ५ मा ७५ जना, गैँडाकोट ६ मा १२ जना र गैँडाकोट ८ मा ३२ जना संक्रिय संक्रमित छन् । 
यी वाडहरुको सिमाना आपासमा जोडिएको छ भने । भरतपुर महानगरपालिकासंग दैनिक रुपमा आवतजावत बढी हुने पनि गरेको छ । चितवनमा सक्रिय संक्रमित १० हजार नाघेका छन् । गैँडाकोट नगरपालिकाले जोखिम नियन्त्रणका लागि यि वाडहरुमा विशेष निगरानी सहित सचेतना बढाउन आवश्यक छ ।

 

यसका साथै ७० प्रतिशत संक्रमित रहेको स्थानमा आइसोलेसन सेण्टरको आवश्यकता छ कि छैन । यसमा पनि विशेष विमर्श आवश्यक देखिन्छ । यी वाडका विरामी अप्ठेरो हुँदा भरतपुर जाने गरेका छन् । भरतपुरमा विरामीले बेड भरिदै छन् । गैँडाकोटमा आइसोलेसन सेण्टर नभएको होइन । २० बेडको अक्सिजन सहितको आइसोलेसन मुकुन्दपुर कभर्ड हलमा नगरअस्पतालद्धारा सञ्चालनमा छ । जहाँ १४ जना विरामी उपचार गरिरहेका छन् । 


यि पाँच वडा बाहेक अन्य वडाहरुमा ३० प्रतिशत सक्रिय संक्रमित रहेको अवस्था छ । गैँडाकोट ३ मा ३ जना, गैँडाकोट ७ मा २ जना, गैँडाकोट ९ मा ६ जना, गैँडाकोट १० मा १९ जना, गैँडाकोट ११ मा २४ जना, गैँडाकोट १२ मा ११ जना, गैँडाकोट १३ मा १९ जना, गैँडाकोट १४ मा ९ जना, गैँडाकोट १५ मा ६ जना, गैँडाकोट १६ मा १२ जना, गैँडाकोट १७ मा ७ जना र गैँडाकोट १८ मा १ जना सक्रिय संक्रमित रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । 


गैँडाकोटमा पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार