• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न

काठमाडौं ।  तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन (काता) प्रतियोगिता –२०२१ सम्पन भएको छ ।

 

कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिक रूपमा खेलकुद गतिविधि गर्न असम्भव भईरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए । प्रतियोगिता अप्रिल ७ देखि मे ७ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियो । 

 

पहिलो चरणमा  देशभरबाट छनोट भएर आएका  ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनलबाट प्रतिस्पर्धा भएर फाइनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगीतामा फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिश्वजित गुरुङ (ईलाम) ले स्वर्ण ,तिर्थ चौधरी (कैलाली) ले  रजत ,धिरज चौधरी ले (कैलाली) कास्य र सरोज सुब्बा (झापा) ले कास्य पदक जित्न सफल भए । 

 

यस्तै कलर बेल्ट पुरुष एकल काता तर्फ प्रथम राई (झापा) ले स्वर्ण , सुजन श्रेष्ठ (झापा) ले रजत ,सागर साही (कैलाली) ले कास्य र पर्बत तोलाङ्गी (झापा) ले कास्य पदक जित्न सफल भए । त्यस्तै कलर बेल्ट महिला एकल कातातर्फ निर्जलन चौधरी (कैलाली) ले स्वर्ण ,रितु चौधरी (कैलाली) रजत ,बिपना बिष्ट (कैलाली) कास्य र करुना बिष्ट (कैलाली) ले कास्यपदक जित्न सफल भए भने टिम कातातर्फ झापाको टिम प्रथम भएर बिश्विजित गुरुङ ,सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक, टिम चितवन दोस्रो भएर श्यामकुमार बाचे ,बादल थापा मगर र सुसान गुरुङले रजत पदक र टिम कैलाली तेस्रो भएर सागर साही ,रितु चौधरी र निर्जलन चौधरीले कास्य पदक जित्न सफल भएका थिए ।


अनलाइन बोन (काता) प्रतियोगिता –२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्र बाट विशिष्ट ब्यक्तिहरु अनलाइन सहभागि भई बिजय खेलाडीहरुलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गरेका थिए । तङ इल मोदो संघका अध्यक्षसन्तोष कुमार पौडेले अध्यक्षतामा भएको समारोहमा ,राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य श्रीमती इन्दिरा निरौला ,तङ इल मोदो अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको,अन्तर्राष्ट्रिय महासचिव डा। भेनस जि अगस्तिन एसिया महादेशका अध्यक्ष मास्टर बर्नाडिनो जी भिलागान्ते मास्टर क्लेरान्स म्वाकिओ ईनगाल्वा, अन्तर्राष्ट्रिय प्राध्यापक रिचेल जालिपा , बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाशबाबु थापा लगायतको सहभागिता रहेको थियो।  

 

पदक बिजेता खेलाडीहरुको नाम जर्ज दिपेन्द्र ठाकुरले घोषणा गरेका थिए भने कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिबेदन केन्द्रिय सदस्य दिपक बास्तोला प्रस्तुत गरेका थिए। भर्चुअल पुरस्कार समारोहमा सहभागी अतिथिहरुले आ–आफ्नो तर्फबाट प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोमा बधाई तथा पदक बिजेता खेलाडीहरुलाई दिदै कोभिडको माहामारिमा पनि अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरेर खेलकुदलाई गतिशील बनाएकोमा आभार ब्यत्त गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार